दफा १३
प्रदुषण नियन्त्रण शुल्क
(१) नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रति लिटर एक रुपैयाँ पचास पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गरिनेछ। (२) उपदफा (१) बमोजिमको शुल्क पैठारीकर्ताले असुल गरी प्रत्येक महिनाको शुल्क अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा दाखिल गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र: शुल्क दाखिल नगरेमा सम्बन्धित पैठारीकर्ताबाट वार्षिक पन्ध्र प्रतिशत ब्याजसहित असुल गरिनेछ ।
(४) प्रदूषण नियन्त्रण शुल्कको प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ।